मोरक्कोसँगको खेलमा रोनाल्डोको नयाँ लुक्स

 असार ६, २०७५ बुधबार १७:३२:१९ | एजेन्सी

मोरक्कोसँगको खेलमा पोर्चुगलका स्टार खेलाडी  क्रिष्टियानो रोनाल्डो नयाँ लुक्समा देखिने भएका छन् ।

रोनाल्डो पहिलेभन्दा फरक लुक्समा देखिएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ । लुजिनिकी रंगशालामा मोरक्कोसँगको खेल अघि रोनाल्डो झुस्स दाह्री पालेको र कपाल पनि पहिलेको भन्दा फरक बनाएको अवस्थामा देखिएका छन् ।

पोर्चुगलको टिममा कुनै समस्या देख्रिएको छैन । पहिलो खेलमा मोरक्को इरानसँग हारेको थियो भने पोर्चुगलले स्पेनसँग ३– ३ को बराबरी खेलेको थियो । स्पेनसँगको खेलमा क्रिष्टियानो रोनाल्डोले ह्याट्रिक गरेका थिए । 

ह्याट्रिक गरेपछि रोनाल्डाले चिउँडोमा  हात दल्दै आफू सर्वकालीन महान खेलाडी भएको संकेत गरेका थिए । जीओएटी अर्थात ग्रेटेस्ट अफ् अल टाइम आफू भएको भन्दै सांकेतिक प्रदर्शन गरेका रोनाल्डोको त्यो सेलिब्रेसनलार्ई बोकासँग पनि दाँजेका थिए  ।

तर रोनाल्डोले भने गोट को अर्थ ग्रेटेस्ट अफ् अल टाइम अर्थात सधैभरीको महान खेलाडीका रुपमा आफूलाई चित्रण गरेका थिए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया