भारतमा रेल दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु

 माघ २०, २०७५ आइतबार ९:४:२१ | एजेन्सी
unn.prixa.net

भारतको बिहारमा रेल दुर्घटना हुँदा कम्तीमा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा कयौँ घाइते भएको बताइएको छ । 

आइतबार बिहान जोगबनीबाट दिल्लीको लागि छुटेको सिमाञ्चल एक्सप्रेसको रेल दुर्घटना भएको हो । यो दुर्घटना हाजिपुर बटवाडा रेलमार्गको महनार र सहदोई स्टेशनको बीचमा भएको समाचार संस्था पीटीआईले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया