अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
डोटी – ९ वर्षीया बालिकामाथि यौन दुर्व्यवहारको आरोपमा डोटीमा एक शिक्षकलाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार विद्यालयमा नै बालिकालाई एकान्त कोठामा लगेर अश्लिल चलचित्र देखाउने गरेको भन्ने उजुरीका आधारमा शिक्षकलाई पक्राउ गरिएको हो ।
दुव्र्यवहार गर्ने शिक्षकलाई प्रहरी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको छ । पीडित पक्षको जाहेरीका आधारमा शिक्षकमाथि छानबिन गरी मुद्धा चलाइने जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्ने शिक्षकको नाम खुलाएको छैन ।