प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
ललितपुर – ललितपुरको पाटन संग्राहलयमा ‘अल्युरिङ डिभाइन’ एकल चित्रकला प्रदर्शनी भरहेको छ । पाटन संग्रहालय तथा योङ पिकासोको आयोजनामा प्रदर्शनी भएको हो ।
प्रदर्शनीमा दुई दशकदेखि चित्रकलामा सक्रिय अजय देशारको चित्रकला प्रदर्शनमा राखिएको छ । संस्कृतिसँग सम्बन्धित विभिन्न विषय वस्तुलाई चित्रमा उतारेर प्रदर्शनका लागि राखिएको देशारले बताउनुभयो ।
देशारको यो आठौँ एकल प्रदर्शनी हो । आउँदो ५ गतेसम्म चल्ने प्रदर्शनीमा २० वटा चित्र राखिएका छन् ।