मलेसियामा दुर्घटनामा परेका भोजपुरका सबिन श्रेष्ठद्वारा सहयोगको अपिल

 असार ७, २०७५ बिहिबार १४:४८:३८ | उज्यालो सहकर्मी

सुनाखरी मगर 

मलेसिया – मलेसियामा मोटरसाइकल दुर्घटनामा परेर घाइते भउका भोजपुरका सबिन श्रेष्ठलाई उपचार गर्न खर्च अभाव भएको छ । 

सन २०१७ मा दुर्घटनामा परेर उपचार गराइरहेका भोजपुरको अरुण गाउँपालिकाको याकाका श्रेष्ठलाई टाउको शल्यक्रियाका लागि खर्च नपुगेको हो । उहाँको अहिलेसम्मको उपचारमा बीमा बापतको रकम र सहयोगमा उठेको रकमले गरिएपनि सबिनलाई अबको शल्यक्रियाका लागि खर्च नपुगेको हो । 

 

दुर्घटना भएको दुई वर्षसम्म बीमा बापतको रकम पाएपनि अब त्यो नपाउने र भीसाको म्याद पनि सक्किएपछि उहाँ अहिले अवैधानिक हुनुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएकाले नेपाल गएर पनि उपचार गर्न सम्भव नभएकाले सहयोग गरिदिन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । 

उहाँको उपचारका लागि अझै २० हजार रिंगिट लाग्ने चिकित्सकहरुले बताएका छन् । मलेसियामै रहेका सबिनका दाजु गंगाबहादुर श्रेष्ठले सहयोग गर्न चाहनेलाई आरएचबी १५७११७०००२६५३४ मा रकम जम्मा गरिदिन आग्रह गर्नुभयो । 
 
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया