कांग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हुँदै

 असार ७, २०७५ बिहिबार १६:४९:३७ | रासस

काठमाडौं – नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पुर्‍याइएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई अहिले उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

स्नायु रोग विशेषज्ञ डाक्टर राजीव झासहितको टोलीले उहाँको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया