ला लिगामा बेलको एक सय गोल, रियलको महत्वपूर्ण जित

 माघ २७, २०७५ आइतबार ९:३२:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

वेल्सका स्ट्राइकर ग्यारेथ बेलले ला लिगामा एक सयौँ गोल गर्न सफल भएका छन् । शनिबार राति भएको खेलमा एट्लेटिको मड्रिड विरुद्धको खेलमा एक गोल गरेका उनले रियल मड्रिडमा एक सयौं गोल गर्न सफल भए । 

मड्रिड डर्वी अन्तर्गत भएको खेलमा रियलले तीन एकको रोमाञ्चक जित निकाल्दा बेलले ७४ औं मिनेटमा गोल गर्दैै टिमका लागि महत्वपूर्ण तीन अंक दिलाएका थिए । 

जसका कारण रियलले दोस्रो स्थानमा उक्लन सफल भएको थियो । पछिल्ला सात खेलमा ६ खेलमा जित दिलाउन रियलका लागि बेलको प्रदर्शन निकै उत्कृष्ट रहँदै आएको छ । उनले ला लिगामा एक सय गोल पुर्याउन दुई सय १७ खेल खेलेका छन् । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया