लागुऔषध चरेससहित तीनजना भारतीय पक्राउ

 माघ २७, २०७५ आइतबार १०:४१:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

धादिङ – लागुऔषध चरेससहित धादिङको गजुरीबाट तीनजना भारतीय नागरिक पक्राउ परेका छन् । केन्द्रीय लागु औषध नियन्त्रण ब्युरोबाट खटेको टोलीले भारतीय कन्टेनरबाट ३६० किलाे चरेस बरामद गरेको हो ।

सुराकीको आधारमा काठमाण्डौबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा एस आर ५५ एम ९४८४  नम्बरको भारतीय कन्टेरबाट ठूलाे परिमाणको लागु औषध बरामद गरिएको हो ।

भारत मोतिहारीका गुलाब खान, चालक ओमप्रकाश र सहचालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सहचालकको नाम खुलाइएको छैन ।  

उनीहरुलाई इलाका प्रहरी कार्यालय गजुरीले हिरासतमा लिएको छ । सवारी साधन र लागुऔषध बरामद गरिएकोले लागुऔषध ओसार–पसारसम्बन्धी मुद्दा चलाइने प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया