प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
रिसको आवेगमा आएर मान्छेले कतिसम्म गर्दा रहेछन् । त्यस्तै रिसको झाेँकमा एक जनाले आफ्नी गर्भवती श्रीमतीको हत्या गरेका छन् । तर अचम्म लाग्ने कुरा के भने, उनी त्यो रातभर घाँटी रेटिएकी आफ्नी श्रीमतीसँगै सुते र बिहानै प्रहरीमा गएर आत्मसमर्पण गरे ।
यो घटना भारतकाे महाराष्ट्र प्रदेशको उस्मानाबाद भन्ने ठाउँको हो । प्रहरीका अनुसार विनोद धानसिंह पवार नाम गरेका ती व्यक्ति ओमरेगा तहसीलमा बस्छन् ।
बिहीबार सामान्य कुरामा आफ्नी श्रीमती प्रियंका राठोरसँग विवाद भएपछि उनले यो घटना निम्त्याएको हुनसक्ने प्रहरीले बताएका छन् ।
प्रियंका तुलजापुरमा नर्सको काम गर्थिन् । विनोद बोरवेल कमिशनमा एजेण्टको काम गर्थे । उनीहरुको विवाह भएको नौ महिना मात्र भएको थियो । प्रियंका पाँच महिनाकी गर्भवती थिइन् । मुरुम प्रहरी स्टेशनका एक अधिकारीले बताएअनुसार हत्या गरेपछि विनोद रातभर शवसँगै सुते र शुक्रबार बिहान आत्मसमर्पण गर्न प्रहरी थानामा पुगेका थिए । उनले त्यहाँ आफूले अपराध गरेको कुरा स्वीकारेका थिए ।
प्रियंकाको परिवारले विनोद उनीसँग पैसाको लागि झगडा गर्ने गरेको बताएका छन् । पछिल्लो समय पैसाको माग गर्दै उनीसँग विवाद गरिरहेको उनको परिवारले आरोप लगाएको छ । प्रहरी यस विषयमा अनुसन्धान गरिरहेको छ ।