बलिउड अभिनेता महेश आनन्द आफ्नै घरमा मृत भेटिए

 माघ २७, २०७५ आइतबार १९:१०:४८ | एजेन्सी
unn.prixa.net

सन् १९८० र १९९० को दशकमा हिन्दी चलचित्रहरुमा खलनायकको भूमिका निभाउने महेश आनन्द मुम्बईस्थित आफ्नै घरमा मृत भेटिएका छन् ।

महेश आनन्द अंधेरी उपनगरमा रहेको उनकै घरमा मृत भेटिएका थिए । प्रहरीका अनुसार अभिनेता आनन्दको मृत्यु दुई दिन पहिले भएको अनुमान गरिएको छ ।

प्रहरीका एक अधिकारीले बताएअनुसार आनन्दकी घरेलु सहयोगी शनिबार उनको घर पुगेर ढोका ढकढकाउँदा कसैले ढोका खोलेका थिएनन् । पछि उनले आनन्दका छिमेकीलाई जानकारी दिइन् । उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि त्यहाँ पुगेका प्रहरीले उनको घरको ढोका तोडेर घरभित्र प्रवेश गर्दा उनलाई मृत पाएको बसोवा प्रहरी थानाका प्रहरी निरीक्षक रविन्द्र बड्गुजरले बताएका छन् । पोस्टमर्टमपछि मात्र उनको मृत्युको कारण पत्ता लाग्ने निरीक्षक बड्गुजरले जानकारी दिए ।

आनन्दले अमिताभ बच्चन अभिनित ‘गंगा जमुना सरस्वती’, ‘शहंशाह’, ‘लाल बादशाह’ को साथै ‘थानेदार’, ‘कुली नम्बर १’, ‘बागी’ जस्ता कतिपय सुपरहिट चलचित्रमा काम गरिसकेका छन् ।

उनी केही समय पहिला रिलिज भएको चलचित्र ‘रंगीला राजा’ मा पनि देखिएका थिए ।
 

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया