नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
स्पेनिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनाले एथ्लेटिक क्लबसँग गोलरहित बराबरीमा चित्त बुझाएको छ । यो बराबरीले बार्सिलोनाले रियलसँगको दूरी आठ अकंमा पुर्याउने मौका गुमाएको छ ।
एथ्लेटिक क्लबको मैदानमा भएको खेलमा बार्सिलोनाले पुरै खेल नियन्त्रणमा लिए पनि दश खेलाडीमा झरेको घरेलु टिम विरुद्ध गोल गर्न सकेन ।
बार्सिलोनाले एथ्लेटिक क्लबविरुद्ध चारवटा सुन्दर मौका गुमाएको थियो । जसमा दुई पटक लियोनल मेसी चुके भने एक पटक लुइस स्वारेज असफल भए ।
यो सिजन लिगमा छैटौं पटक बराबरी खेलेको बार्सिलोनाले २३ खेलबाट ५१ अंक बनाएको छ ।