जेडिनाक बने अष्ट्रेलियाका लागि विश्वकपमा धेरै गोल गर्ने दोस्रो खेलाडी

 असार ७, २०७५ बिहिबार १८:५८:२ | उज्यालो सहकर्मी

रुस विश्वकप अन्तर्गतको समूह सीको खेलमा पहिलो हाफको अन्त्यसम्म डेनमार्क र अष्ट्रेलियाले १–१को बराबरी खेलेका छन् । 

खेल सुरु भएको सातौँ मिनेटमै डेनमार्कका लागि क्रिस्टियन एरिकसनले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३८ औँ मिनेटमा डेनमार्कका पोउल्सेनले डिबक्सभित्र ह्याण्ड गरेपछि भीएआरमार्फत अष्ट्रेलियाले पेनाल्टी पाएको थियो ।

अष्ट्रेलियाका मिले जेडिनाकले पेनाल्टीमार्फत गोल गर्दै १–१ को बराबरी गरेका हुन् । जेडिनाकले फ्रान्सविरुद्ध पनि पेनाल्टीमार्फत गोल गरेका थिए । साथै जेडिनाकले विश्वकप प्रतियोगितामा ३ गोल गर्दै अष्ट्रेलियाका लागि धेरै गोल गर्नेको सूचीमा दोस्रो स्थानमा पुगेका छन् । अष्ट्रेलियाका टिम केहीलले विश्वकपमा ५ गोल गरेका छन् । 
 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया