शेयर बजार सामान्य बढ्याे
चैत १५, २०८० बिहिबार
बैतडी – बैतडीको पुर्चाडीमा सुख्खा पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ ।
पुचौडी नगरपालिका–१, भकुडा बस्ने २२ वर्षका दिलबहादुर गडालको सुख्खा पहिरोमा ज्यान गएको एक नम्बर वडाअध्यक्ष गणेश गडालले जानकारी दिनुभयो ।
बुधबार बसन्तपुर बजारबाट समान किनेर घर फर्कने क्रममा सडक माथिबाट खसेको सुख्खा पहिरोमा पुरिएर उहाँको ज्यान हो ।
बिहीबार मात्र उहाँको शव पहिरोबाट निकालिएर दाहसंस्कार गरिएको छ ।