समाजवादी नेताका सन्तानचाहिँ पूँजीवादी , चाभेजकी छोरीसँग ४८ हजार करोडकोे सम्पत्ति !

 माघ २८, २०७५ सोमबार १५:३२:२ | एजेन्सी
unn.prixa.net

भेनेजुएलाको  आर्थिक अवस्था खस्किँदो छ । चरम महंगी छ । त्यहाँका नागरिक बसाइँ सरेर अन्य देशमा जान थालिसकेका छन् । तर सामाजिक क्रान्तिको सुरुवात गर्ने पूर्व राष्ट्रपति ह्युगो चाभेजकी छोरीसँग भने अकुत सम्पत्ति रहेको छ ।

त्यहाँका नेताका सन्तानहरुको अवस्था देशका सामान्य नागरिककाे अवस्थाभन्दा हजारौँ गुणा राम्रो छ र उनीहरु शानदार जिन्दगी बिताइरहेका छन् । चाभेजकी जेठी छोरी मारिया गैब्रीयलासँग मात्र ६.४ अर्ब डलर अर्थात झण्डै ४८ हजार करोड रुपैयाँ बराबरको सम्पत्ति रहेको छ । युरोपमा उनका कैयौँ खाताहरु छन् ।

प्रथम महिला बनेकी थिइन् मारिया

ह्युगो चाभेजले आफ्नी दोस्री श्रीमतीसँग सम्बन्ध विच्छेद गरीसकेका थिए । त्यसपछि छाेरी मारियालाई नै भेनेजुएलाकी फस्ट लेडी अर्थात प्रथम महिलाको दर्जा मिलेको थियो । चाभेज पनि मारियालाई रुचाउँथे ।

सन् २००२ मा कू काे  प्रयास असफल भएपछि मारियाले क्यूबाका फिडेल क्याष्ट्रोसँग सहयोगको लागि आग्रह गरेकी थिइन् ।

ह्यूगो चाभेजले सम्पत्ति आर्जन् गर्नु ठीक नहुने बताएका भएपनि उनका छोरीहरु भने यो कुरा मान्दैनथे । उनकी कान्छी छोरी २१ वर्षीया रोजानेस पनि भेनेजुएला छोडेर गइसकिन् । सन् २०१६ मा रोजनेसको एक फोटो भाइरल भएको थियो । जसमा उनको हातमा धेरै डलर देखिन्थे । फोटो भाइरल भएको केही घण्टामै उनी पेरिस गएकी थिइन् ।

रोजानेस फ्रान्सको सोरबोन भन्ने ठाउँमा बसिरहेकी छिन् । उता भेनेजुएलामा भने अवस्था यति धेरै बिग्रिसकेको छ कि, महँगीले आकाश छोइरहेको छ, नागरिक आफ्नाे तलबले गुजारा चलाउनै सकिरहेका छैनन् । शिक्षकलाई उनीहरु निःशुल्क काम गरिरहेको जस्ताे लाग्दैछ ।

चाभेज दिदीबहिनीहरुलाई स्पेनसहित युरोपेली शहरमा सपिङ्ग गरिरहेको देख्न सकिन्छ । यस्तै चाभेजका छोरामाथि गएको वर्ष अरबौं डलर बराबरको मनी लन्ड्रिङको आरोप लागिसेकेको छ । यसमा अमेरिकी सिनेटर मार्को रुबियोको पनि नाम आउँछ 

राष्ट्रपति निकोलस मदुराेकाे शान-शौकतमा पनि कुनै कमी छैन । अघिल्लो वर्ष एक भिडियो भाइरल भएको थियो, जसमा उनी इस्तानाबुलमा सेलिब्रेटी शेफ साल्ट बेको पार्टीमा मस्ती गर्दै थिए ।  जब कि भेनेजुएलामा मानिसहरुले ताजा खाना पनि खान पाइरहेका छैनन् ।

केही महिना अगाडि मदुरो आफ्ना दुई सौतेनी छोरा योस्वाल गाविदिया र वाल्टर गाविदियाकाे छुट्टी मनाइरहेको तस्बिर सार्वजनिक भएको थियो । दुइटै भाइहरुले पेरिसको एक होटलमा ४५ हजार डलरमा कोठा बुक गरेका थिए । उनीहरुको होटलको बिलमात्र २ हजार भेनेजुएली नागरिकको एक महिनाको तलब बराबर आएको थियो । 

भेनेजुएलामा नेताका छोराछोरी मात्र विलासी जिन्दगी बिताइरहेका छैनन् । मदुरोका सेकेण्ड इन कमाण्ड डायोसडाडाे काबेलोकी छोरी डेनिला पनि आफ्नो विलासी जीवनशैलीका कारण चर्चामा आउने गरेकी छिन् । डेनिलाका केटा साथी तथा ल्याटिन पप गायक अमर असिदोसँगका उनका तस्बिरहरु पनि बेलाबखत चर्चामा आउने गरेका छन् ।

भेनेजुएलाको खस्किँदो अवस्थाको अनुमान लगाउन सजिलो छ । सामान्य उपभोग्य वस्तु खरिदको मूल्य न्यूनतम तलब भन्दा १६ गुणा बढी छ । १० मा ६ जना भेनेजुएली आफ्नो परिवारलाई ठीकसँग पाल्न नसक्ने अवस्थामा छन् ।

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया