लाेकेश बमले शतक बनाए पनि नेपालकाे 'ए' टाेली आयरल्यान्ड–उल्भ्स...
चैत १६, २०८० शुक्रबार
रुपन्देही – सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले मिडिया नीति ल्याउने तयारी गरेको बताउनुभएको छ ।
सोमबार नेपाल पत्रकार महासंघ रुपन्देहीको वार्षिक साधारण सभाको बुटवलमा उदघाटन गर्दै उहाँले मिडियालाई नियन्त्रण होइन नियमन गर्नका लागि मिडिया एक्ट आवश्यक भएको बताउनुभयाे ।
प्रेस स्वतन्त्रता र नागरिक अधिकारको लागि सरकार प्रतिबद्ध रहेको भन्दै उहाँले सरकारले राम्रो काम गर्दा गर्दै पनि सबै बिग्रियो भनेर नकारात्मक तरिकाले प्रचार गरिएको बताउनुभयो ।
पत्रकारहरुकाे माग अनुसार नै श्रमजीवी पत्रकार ऐन लागू गर्न खोजिएको उहाँको भनाई छ । लोककल्याणकारी विज्ञापनको दायरा बढाउने र विज्ञापनलाई व्यवस्थित गर्ने सोचमा सरकार रहेको मन्त्री बास्कोटाको भनाई छ ।
सञ्चारमन्त्री बास्कोटाले परिवर्तन नचाहने शक्तिहरुले २०१५ सालमा बनेको बीपी कोइराला नेतृत्वको सरकारलाई विस्थापित गरेजस्तै अहिलेको सरकारका विरुद्ध ती शक्तिहरु नै सलबलाइरहेको बताउनुभयो ।
कार्यक्रममा मन्त्री बास्कोटाले उत्कृष्ट पत्रकारिता पुरस्कारबाट डायलसन अधिकारी र भगवती पाण्डे तथा उत्कृष्ट शिक्षा पुरस्कारबाट लक्ष्मण पोखरेललाई पुरस्कृत गर्नुभएको थियो ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।