ब्राजिलियन मिडफिल्डर फ्रेड म्यानचेस्टर युनाइटेडमा आवद्ध

 असार ७, २०७५ बिहिबार १९:५१:३४ | एजेन्सी

ब्राजिलियन मिडफिल्डर फ्रेड इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध भएका छन् ।

हाल रसियामा विश्वकप खेलिरहेका २५ वर्षीय फ्रेडलाई युनाइटेडले ४७ मिलियन पाउण्डमा आवद्ध गरेको क्लबले आधिकारिक जानकारी गराएको छ । उनको सम्झौता पाँच वर्षका लागि गरिएको हो ।

फ्रेड प्रिसिजनमा म्यानचेस्टर युनाइटेडमा आवद्ध हुने दोस्रो खेलाडी हुन् । यसअघि जोसे मोरिन्होको टिमले पोर्चुगिज डिफेन्डर डिगोलो डालटलाई आवद्ध गरेको थियो । आवद्ध भएपछि फ्रेडले विश्वकै उत्कृष्ट क्लबमा खेल्ने अवसर पाउनु आफ्नो लागि खुसीको कुरा भएको प्रतिक्रिया दिए ।

प्रशिक्षक मोरिन्होले फ्रेड आएपछि म्यानचेस्टर युनाइटेडमा कमजोर रहेको मिडफिल्ड बलियो हुने बताए । फ्रेडले युक्रेनी क्लब शाक्टार डोनेस्ट्कका लागि १५५ खेलमा १५ गोल गरेका छन् । उनी सन् २०१३ मा इटालियन क्लब इन्टरमिलानबाट शाक्टारमा आवद्ध भएका थिए । 

अन्तिम अपडेट: चैत १७, २०८०

तपाईको प्रतिक्रिया