सन्दीप लामिछानेले पाकिस्तान सुपर लिगका तीन खेल गुमाउने सम्भावना

 माघ २९, २०७५ मंगलबार १३:२४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हाल बिग ब्यासका लागि अष्ट्रेलियामा रहेका नेपाली बलर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिगमा तीन खेल गुमाउने सम्भावना रहेकाे छ ।फागुन २ गतेदेखि सुरू हुने पीएसएलकाे उद्घाटन खेल उनले गुमाउने पक्का भइसकेकाे छ ।

त्यसपछि उनकाे टिम सिड्नी सिक्सर्स फाइनलमा पुगेका अरू दुई खेल गुमाउने भएका छन् । मेलबर्न स्टार्सले बिहिबार हुने सेमिफाइनलमा होबर्ट हुरिक्यान्ससँग खेल्नेछ ।

यदि सन्दीपको टोलीले होबर्टलाई हराउँदै फाइनल पुगेमा आउँदाे फेब्रुअरी १७ तारिखमा हुने फाइनल पछि मात्र उनी युएई जानेछन् । त्याे बेलासम्म उनकाे टिम क्वालन्दर्सले ३ खेल खेलिसकेको हुनेछ ।

लाहोर क्वालान्दर्सले विदेशी खेलाडीको गोल्ड श्रेणीमा रहेका सन्दीपलाई अनुबन्ध गरेकाे थियाे । त्याे श्रेणीमा रहेका खेलाडीको पारिश्रमिक कम्तीमा ५० हजार देखि ७० हजार अमेरिकी डलर हुनेछ ।

सन्दीपले क्यारेवियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग, बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् ।

डबल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगितामा ६ टिमको सहभागिता रहने छ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया