पीएसजीसँग हार्‍याे म्यानचेस्टर युनाइटेड

 फागुन १, २०७५ बुधबार ६:४०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग फुटबलको प्रिक्वार्टरफाइनलको पहिलो लेगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग २–० ले पराजित भएको छ ।

फ्रान्सेली क्लब पीएसजीका जितमा डी मारिया नायक बने । १० खेलाडीमा झरेको म्यानचेस्टर युनाइटेडविरूद्द पीएसजीले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । ५३ औ मिनेटमा डी मारियाको कर्नर पासलाई सदुपयोग गर्दै किम्पेम्बेले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । 

६० औ मिनेटमा मारियाकै पासमा केलियन एम्बाप्पेले गोल गर्दै पीएसजीको अग्रता २–० मा पुर्‍याए । मुख्य खेलाडी बिना नै मैदानमा उत्रिएको पीएसजी विरूद्द खेल सकिन एक मिनेट अगाडी पाउल पोग्बा दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि म्यानचेस्टर युनाइटेड १० खेलाडीमा सीमित बनेको थियो ।

अन्तरिम प्रशिक्षकको रुपमा म्यानचेस्टर युनाइटेडको नेतृत्व गरेका ओले गुनर सोल्सायरले १२ खेलमा पहिलो हार ब्यहोरेका छन् । उनी पछिल्ला ११ खेल मध्य १० खेलमा जित निकालेका छन् । दोस्रो लेगको खेल पीएसजीको घरेलु मैदानमा हुनेछ ।

 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया