परिवारलाई नियन्त्रणमा लिई घाइते बनाएर लुटपाट, तीनजना पक्राउ

 फागुन १, २०७५ बुधबार ११:७:२४ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा – जनकपुरमा मंगलबार राति लुटेराहरुले तीनजनालाई घाइते बनाइ लाखौंको लुटपाट गरेका छन् । जनकपुर उपमहानागरपालिका १३ पीडारी बस्ने शोभित राउतको घरमा लुटेराको समूहले आक्रमण गरी लुटपाट गरेको प्रहरीले जनाएको छ  ।

राति झण्डै १ बजे ९–१० जनाको समूहमा आएका लुटेराहरुले परिवारका सदस्यहरुमाथि आक्रमण गरी ५ लाख ५७ हजार नगद र सुनको गरगहना गरी ६ लाखभन्दा बढीको लुटपाट गरेको पीडित राउतले बताउनुभयो ।  

लुटेराको हतियार प्रहारबाट शोभित राउत, उहाँकी श्रीमती निर्मलादेवी र घरमा डेरा गरी बस्ने रमिता साह घाइते भएको धनुषाका प्रहरी उपरीक्षक शेखर कोइरालाले जानकारी दिनुभयो । लुटेराहरुले धारिलो हतियारले उनीहरको टाउकोमा प्रहार गरेका थिए । घाइतेहरुको उपचार जनकपुरको रामजानकी हस्पिटल प्रालिमा भइरहेको छ । 

घटनापछि प्रहरीले तीनजना शंकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक कोइरालाले बताउनुभयो । घटनास्थल जनकपुरको मुजेलिया वडा प्रहरी कार्यालयभन्दा डेढ किलो मिटर पश्चिम दूरीमा रहेको छ । समयमा प्रहरी नआएको स्थानीयहरुले गुनासो गरेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया