धनगढी प्रिमियर लिग : काठमाण्डाैकाे लगातार दाेस्राे जित, महेन्द्रनगर ७ रनले पराजित

 फागुन १, २०७५ बुधबार १२:४८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net


धनगढी प्रिमियर लिगमा अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित हात पारेको छ । बुधबार भएको खेलमा काठमाण्डाैले महेन्द्रनगर युनाइटेडलाई सात रनले हरायो । जारी प्रतियोगितामा महेन्द्रनगरको यो लगातार दोस्रो हार हो ।

फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डाैले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३४ रन बनायो । आज पनि कमजोर सुरुवात गरेको काठमाण्डाैका कप्तान ज्ञानेन्द्र मल्लले १४ रन, महबुब आलमले १३ रन बनाए । अन्तिममा अंकित दवास र योगेन्द्रसिंह कार्कीले अर्धसतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए । अंकितले अविजित ६५ रन बनाए भने योगेन्द्रसिंह कार्कीले अविजित २२ रनको योगदान गरे । बलिङमा अमरसिंह रौटेलाले दुई विकेट लिए ।

जवाफमा महेन्द्रनगर २० ओभरमा आठ विकेट गुमाउँदै एक सय २७ रनमा रोकियो । उसले पनि सुरुवात राम्रो गर्न सकेन । महेन्द्रनगरले ५० रन पूरा गर्दा चार विकेट खेर फाल्यो । त्यसपछि आरिफ शेख १८ रनमा पेभेलियन फर्किए सुब्रमनियम आनन्द १५ रनमा बाहिरिए ।

त्यसपछि कप्तान शरद भेषवाकर पनि २३ रनमा आउटभएपछि महेन्द्रनगरले ६२ रनमा पाँचौ विकेट खेर फाल्यो । एकपछि अर्को विकेट गुमाएको महेन्द्रनगरले ८७ रन बनाउँदा सात विकेट गुमायो । उसका लागि रोहित पौडेल १० रन, कुशल मल्ल ६ रनमा पेभेलियन फर्किए । 

त्यसपछि सिद्धान्त लोहनी र अमरसिंह रौटेलाले ४७ रनको साझेदारी गर्दै टिमलाई जितको नजिक पुर्‍याएका थिए । जसमा अन्तिम ओभरमा जितका लागि महेन्द्रनगरलाई १२ रनको आवश्यकता थियो । तर बनाउन सकेन ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया