भुर्र भुर्र : सशस्त्र प्रहरी महानिरीक्षक खनालका छोरा सानिध्य र प्रचण्डकी नातिनी स्मिताको स्वरमा सजिएको प्रेमगीत

 फागुन २, २०७५ बिहिबार १३:४४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको गीत सार्वजनिक भएको छ ।

प्रणय दिवसको अवसर पारेर बिहीबार सार्वजनिक भएको ‘भुर्र भुर्र : यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ । 

गीतमा महानिरीक्षकका छोरा सानिध्य खनाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले स्वर भरेका छन् । आस्क इन्टरटेन्मेन्टले बजारमा ल्याएको यो गीतको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठले अभिनय गरेका छन् । 

शरद–२’  नाम दिइएको एल्बममा ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका महानिरीक्षक खनाल डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

1 Comments

  • Gokarna R.Pokharel

    March 29, 2019, 11:34 a.m.

    Hi, The song seems nice and sentimental as well as romantic.

  •  0 Reply

तपाईको प्रतिक्रिया