‘गली ब्वाय’ काे शानदार कमाइ

 फागुन ३, २०७५ शुक्रबार १३:३१:४८ | एजेन्सी
unn.prixa.net

अभिनेता रणवीर सिंहले वर्ष २०१८ को अन्त्य फिल्म ‘सिम्बा’ जस्तो सुपरहिट फिल्मबाट गरेका थिए । वर्ष २०१९ को सुरुवात पनि रणवीर सिंहले निकै नै शानदार तरिकाले गरेका छन् । फेब्रुअरी १४ भ्यालेन्टाइन डे को अवसरमा रिलिज भएको उनको फिल्म  ‘गली ब्वाय’ ले प्रदर्शनको पहिलो दिनमै धमाकेदार ओपनिङ्ग गरेको छ । 

भारतीय सञ्चार माध्यमका अनुसार ‘गली ब्वाय’ ले प्रदर्शनको पहिलो दिन १८.७० करोड कमाएको छ । रणवीर सिंहको करियरमा पहिलो दिनमै सर्वाधिक कलेक्सन गर्ने फिल्म मध्ये फिल्म ‘गली ब्वाय’ तेस्रो फिल्म बनेको छ । यस अघि फिल्म ‘सिम्बा’ ले प्रदर्शनको पहिलो दिनमा २०.७२ करोड कलेक्शन गरेको थियो भने फिल्म ‘पद्मावत’ ले १९ करोड कमाएको थियो । 

भारतीय ट्रेड ऐनालिष्ट तरण आदर्शले ट्वीट गर्दै सार्वजनिक बिदाको दिन नभए पनि फिल्म ‘गली ब्वाय’ले सर्वाधिक कमाइ गरेको बताएका छन् । 

जोया अख्तरको निर्देशनमा बनेको फिल्म ‘गली ब्वाय’ मा रणवीर सिंह एक सामान्य परिवारका युवकको भूमिकामा देखिएका छन् । जसको आर्थिक अवस्था निकै कमजोर हुन्छ र उसलाई र्‍यापर बन्ने सपना सजाएको हुन्छ । फिल्ममा अभिनेत्री आलिया भट्टको पनि मुख्य भूमिका रहेको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया