अभिनेत्री सारा अली खानले छोडिन् आमा अमृता सिंहको घर

 फागुन ३, २०७५ शुक्रबार १४:२४:२१ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चलचित्र ‘केदारनाथ’ बाट बलिउडमा डेब्यू गरेकी अभिनेत्री सारा अली खानले त्यस लगत्तै फिल्म ‘सिम्बा’ मा पनि अभिनय गरिन् । फिल्म ‘सिम्बा’ बक्स अफिसमा सुपरहिट भएसँगै अभिनेत्री सारा अली खानको बलिउडमा निकै चर्चा भयो ।

साराको अभिनय र कन्फीडेन्सको चौतर्फी प्रशंसा पनि भयो । उनलाई बलिडकै क्षमतावान र पढेलेखेकी अभिनेत्री रहेको चर्चा पनि भयो । र अहिले सार्वजनिक खबरअनुसार अब सारा अली खान एक आत्मनिर्भर रहेको कुरा पनि साबित गरिदिएकी छिन् ।

खबरहरुका अनुसार हालसम्म आमा अमृता सिंहका साथ बस्दै आएकी सारा अली खानले एक्लै बस्ने निर्णय लिएकी छिन् । अमृता सिंह छोरी सारालाई लिएर निकै पाजेटिभ थिइन् । सारा हरेक कुरामा अमृता सिंहको सल्लाह अनुसार नै काम गर्थिन् । तर अब भने साराले आफ्नो लागि छुट्टै फ्ल्याट लिइसकेकी छिन् । 

सारा अली खान गाडीमा सामानहरु राख्दै गरेको तस्विरहरु सामाजिक सञ्जाल तथा मिडिया सार्वजनिक भएका थिए । ती तस्बिर सार्वजनिक भएसँगै मिडियाले सारा उनकी आमाको जुह स्थित घर छोडेर आफ्नो छुट्टै घरमा जान लागेको हुनसक्ने  अनुमान लगाइएको थियो ।

त्यसपछि अहिले सारा अली खान आफैले सामाजिक सञ्जालमा एक तस्विर पोष्ट गरेकी छिन् । तस्बिरमा उनी सामानहरुको साथमा छिन् र क्याप्सनमा उनले ‘एक नयाँ सुरुवात’ लेखेकी छिन् । 

सारा अली खानले मात्रै नभई यस अघि अभिनेत्री आलिया भट्ट, अभिनेता वरुण धवन, रणबिर कपूरले पनि बलिउड प्रवेश गरेसँगै आफ्नो परिवारसँग छुट्टिएर आफ्नै घर लिएर उक्त घरमा शिफ्ट भएका थिए । 
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया