बिग ब्याश लिग : उत्कृष्ट बलिङ गरेपनि सन्दीपले विकेट लिन सकेनन्

 फागुन ५, २०७५ आइतबार १०:५३:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

बिग ब्याश लिगको फाइनलमा नेपाली बलर सन्दीप लामिछानेले निकै उत्कृष्ट बलिङ गरे पनि विकेट भने लिन सकेनन् । उनले चार ओभरमा १६ खर्चिँदा विकेटविहीन बने । उनले आफ्नो पहिलो ओभरमा मात्र तीन रन दिएका छन् ।

टिमको सातौँ तथा ब्यक्तिगत पहिलो ओभरको सुरुवाती दुई बल डट गरे । तेस्रो बलमा हार्भेले एक रन लिन सफल भए । त्यसपछि चौथो बल पनि उनले डट गरे । पाँचौ बलमा एक रन दिएका सन्दीपले अन्तिम बल डट गरे ।

ब्यक्तिगत दोस्रो ओभरमा ५ रन खर्चिए ।

उनको पहिलो बलमा हार्भीले स्वीप गर्दै चौका प्रहार गरे । तर दोस्रो बलमा कमब्याक गर्दै डट गरे । त्यसपछि तेस्रो ओभरमा पनि उनले हार्भीलाई चक्मा दिए । तर चौथो बलमा एक रन खर्चिए । पाँचौ बलमा एक रन खर्चिएका सन्दीपले अन्तिम बल डट गरे ।

त्यसपछि तेस्रो ओभरमा उनले मात्र तीन रन खर्चिए ।

टिमको १२ औं तथा ब्यक्तिगत तेस्रो ओभरको पहिलो बलमा उनले रन दिएनन् भने दोस्रो बलमा एक रन दिन पुगे । तेस्रो बलमा पनि एक रन खर्चिएका सन्दीपले चौथो बलमा पनि एक रन खर्चिए । पाँचौ बल डट गरेका सन्दीपले अन्तिम बल डट गरे ।

चौथो बलमा उनले अरु ६ रन दिए ।

सन्दीपले टिमको १५ औं तथा ब्यक्तिगत चौथो ओभरको पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फाले । तेस्रो बलमा दुई रन दिए भने चौथो बलमा एक रन खर्चिए । जसमा रन आउटको मौका पनि थियो । अन्तिम दुई बलमा एक–एक रन दिए ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया