‘पुलवामा’ हमलामा शहीद भएका सेनाका परिवारलाई ‘उरी’ को टिमले १ करोड दिने घोषणा

 फागुन ५, २०७५ आइतबार १६:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भारतको जम्मू कश्मिरको पुलवामा क्षेत्रमा भएको आतंकवादी हमलापछि यतिबेला भारतीयहरु स्तब्ध छन् । उक्त हमलापछि भारतीय सर्वसाधारण नागरिकदेखि बलिउड कलाकारहरुले रोष प्रकट गरिरहेका छन् । 

बलिउड फिल्म उद्योगका महानायक अभिताभ बच्चनसहित कैयौं कलाकारहरु शहीद परिवारलाई सहयोग गर्न अघि बढेका छन् । 

उक्त आतंकवादी हमलापछि शहीद परिवारलाई सहयोगका लागि फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ को टिमले सेना कल्याण कोषलाई एक करोड रुपैयाँ दिने घोषणा गरेको छ । 

फिल्मका निर्माता रोनी स्क्रुवालाले उनको सामाजिक सञ्जालमार्फत यस कुराको जानकारी दिएका छन् । साथै उनले यस समयमा जवानहरुलाई साथ दिनका लागि अघि सर्न सबैलाई आग्रह पनि गरेका छन् । 

फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ सन् २०१६ मा पाकिस्तानले गरेको आतंकवादी हमलापछि त्यसको जवाफ स्वरुप भारतीय सेनाले सर्जिकल स्ट्राइक गरेको कहानीमा आधारित फिल्म हो । यस फिल्ममा अभिनेता विक्की कौशलले सैनिक जवानको भूमिका निर्वाह गरेका छन् । 

पुलवामा हमला पछि अभिनेता विक्की कौशलले मिडियासँगको कुराकानीमा भन,े ‘म व्यक्तिगत रुपमा नोक्सान भएको महसुस गरिरहेको छु । आतंकवादवरिुद्ध जवाफ दिनु जरुरी छ । एक राष्ट्रको रुपमा हामी सबैले एक जुट भएर शहीद जवानहरुको परिवारलाई सहयोग गर्न आवश्यक छ । हाम्रो समवेदना उनीहरुको साथमा छ ।’ 

फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ का निर्देशक आदित्य धरले भने, ‘यो एकदमै दुखद घटना हो । फिल्म उरी बनाइसकेको भएर मैले यो घटना अझै नजिकबाट महसुुस गरको छु । उक्त आतंकवादी हमलामा मैले मेरा भाइहरु गुमाएको छु । अब सरकारले पनि सोचेर बस्ने बेला नभइ केही गरेर देखाउने बेला हो यो । भारतले पाकिस्तानविरुद्ध दबाब सिर्जना गर्न आवश्यक छ । किनकि अब शान्तिको लागि केही कुरा बाँकी नै रहेन ।’ 

फिल्म ‘उरी द सर्जिकल स्ट्राइक’ मा अभिनेता विक्की कौशल, यामी गौतम, परेश रावलको मुख्य भूमिका रहेको छ । 

यस फिल्मले बक्स अफिसमा सर्वाधिक व्यापार गर्न सफल भएको छ । साथै दर्शकको पनि वाहवाही पाइरहेको छ । २०१९ को जनवरी ११ मा रिलिज भएको यस फिल्मले हालसम्म २०० करोड रुपैयाँ भन्दा बढीको व्यापार गरिसकेको छ । 
 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया