नयाँ शक्ति छाडेर दाहाल विवेकशील साझामा

 असार ८, २०७५ शुक्रबार १७:०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दुई वर्षदेखि नयाँ शक्ति पार्टी नेपालको उच्च नेतृत्वमा रहेका केशव दाहाल परित्याग गरी विवेकशील साझा पार्टीमा प्रवेश गर्नुभएको छ । 

दाहालले वैकल्पिक राजनीतिलाई संस्थागत गर्दै देशको रूपान्तरण गर्ने आफ्नो अटुट प्रयास विवेकशील साझासँगको सहयात्राबाट टुङ्गोमा पुग्ने आशा बढेको बताउनुभयो । यसअघिको आफ्नो राजनीतिक यात्रामा साथ दिने सबैप्रति उहाँले आभार प्रकट गर्नुभएको छ ।

विवेकशील साझाका संयोजकद्वय रवीन्द्र मिश्र तथा उज्वल थापाले दहालजस्तो वैकल्पिक राजनीतिको अगुवा, बुद्धिजीवी तथा नेता विवेकशील साझामा सहभागी हुँदा पार्टी तथा राष्ट्र निर्माणको अभियान अझ बलियो हुने दाहालले बताउनुभएको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया