बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु, ९ जना घाइते

 फागुन ६, २०७५ सोमबार ७:१४:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङमा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । 

चैनपुरबाट धामिखेलका लागि छुटेको से १ ज ८९० नम्बरको जीप आइतबार राति काप्रिकोटमा दुर्घटना हुँदा  जयपृथ्वी नगरपालिका–११ की १२ वर्षीया समु जोशी र ४८ वर्षका धौले जोशीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेको बझाङकै स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुलेको छैन । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया