गीत पशुपतिको : संसदमा दोहोरी अमेरश र झपटको !

 फागुन ६, २०७५ सोमबार १४:२९:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रतिनिधिसभाको आजको बैठकमा गायक पशुपति शर्माले गाएको लोकदोहोरी गीतलाई लिएर प्रमुख प्रतिपक्षी र सत्तापक्षका सांसदबीच दोहोरी चलेको छ । 

बैठकको शून्य समयमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्मा ‘जनगायक’ रहेको भन्दै सरकारले उनले गाएको गीत प्रतिबन्ध लगाउनुले लोकतन्त्र कहाँ छ भनेर प्रश्न उब्जिएको बताउनुभयो ।  

पशुपतिले ऐना देखाए : ऐना फुटाउने कि अनुहार सफा गर्ने ?

सिंहले नागरिकको भावना समेटेर शर्माले गीत गाएको भन्दै त्यसको सम्मानस्वरुप आफूले पाउने फागुन महिनाको तलबबाट २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो । 

शून्य समयमा बोल्ने समय पाएका सत्तारुढ दलका सांसद झपट रावलले सिंहलाई जवाफ दिँदै गायक शर्माले गाएको गीत सिंहलाई गाउन चुनौती दिँदै त्यसरी गाए आफ्नो एक महिनाको तलब नै दिने घोषणा गर्नुभयो । रावलले भन्नुभयो, ‘पुरस्कार घोषणा गर्ने सांसदले यही गीत गाए एक महिनाको तलब दिन्छु ।’ 

रावलले शर्माको गीत प्रायोजित रुपमा आएको रहस्य प्रतिपक्षी सांसदले पुरस्कारको घोषणा गर्नुले सत्य बाहिरिएको दाबी गर्नुभयो । 

पशुपति शर्माको ‘लुट’मा रमाउन कसलाई कतिसम्मको छुट !

यसअघि सिंहले भन्नुभयो, ‘दुइ तिहाईको सरकारको अगाडि त्यस्तो गीत गाउन पाइन्छ ? जनताको भावना व्यक्त गर्न पाइन्छ ? भन्ने खालको व्यवहार सरकारले देखाएको बताउँदै त्यस्तोलाई त मुखमा ताला लगाउनुपर्छ । सुन्नेको कानमा मर्करी र सिसा पगालेर राख्नुपर्छ भन्ने सरकारको बुझाइले लोकतन्त्र कहाँ छ भन्ने प्रश्न उब्जेको छ ।’ 

‘सरकारले जनताको भावना, बुद्धिजीविको भावना, गायकको भावनालाई सम्मान गर्न जान्दैन भने जनताले पनि यो सरकारलाई सम्मान गर्न सक्दैन,’ सिंहले भन्नुभयो, ‘जनताको भावना अनुसार सरकार चल्नु पर्छ ।’ 

शर्माले यसअघि सुशील कोइराला प्रधानमन्त्री भएको समयमा ‘जापान पनि यही, अमेरिका पनि यह’ भनेर गाएको र अहिले आएर सरकारलाई राक्षस, यमराज र कुकुरको संज्ञा दिएर देश लुट्न प्रेरित गरेर गीत गाउनुले उनी प्रतिपक्षीबाट परिचालित भएको देखिएको दाबी रावलले गर्नुभयो । 

पशुपति शर्माले युट्यूबबाट किन हटाए ‘लुट्न सके लुट कान्छा’ ?

सिंहको भनाइप्रति व्यङ्ग्य गर्दै रावलले भन्नुभयो, ‘गीत गाउन सरकारले कुनै पनि प्रतिबन्ध लगाएको छैन, भगवान पशुपतिले जोगाउन नसकेको प्रतिपक्षीलाई गायक पशुपतीले रक्षा गरून, धन्यवाद ।’ 


 

अन्तिम अपडेट: चैत ८, २०८०

1 Comments

  • श्री धर्मराज जोशी

    Feb. 18, 2019, 7:12 p.m.

    माननीय सान्सद झपट रावल ज्यु पशुपति शर्माको गितको बिरोध नगरी आफ्नो गाउँ ठाउँको बिकास गर्न बारे सोचेको भए राम्रो हुने थियो || तपाईंको अर्थात हाम्रो गाउँ प्रतापपुरमा २०६७ सालको खानेपानीको योजना अझै अलपत्र अवस्थामा छ यो पुरा गर्ने बारेमा २० लाख रुपैयाँ छुट्याइएको भनिए तापनि २-४ महिना बितिसक्दा पनि काम सुचारु हुन सकेन त्यसै गरि प्रतापपुरको खेलकुद मैदानको चारैतिरबाट अतोक्रमण भएको छ यो बारेमा कहिल्यै बोल्नुभएन सान्सद ज्यु त्यसैगरी यो प्रतापपुर चोरी नदिको २०७० सालको सिचाइ योजना सम्पन्न भएतापनी सिचाइ कुलोमा पानी बग्न सकेन ७ करोड रुपैयाँ खर्च भयो तर पनि किसानको खेतीयोग्य जनिममा पानी पुग्न सकेन |हरेक बर्ष मर्मतको लागि थप बजेट आउँछ तर कहाँ खर्च हुन्छ तर काम भएको देखिदैन |बिकासको नाममा बिनास र सरकारी ढुकुटी रित्याउने काम भएको छ यो प्रतापपुरको बिकास गर्नेबारे कुनैपनी नेता र राजनीतिक दलहुरुले चासो देखाएको देखिदैन |

  •  0 Reply

तपाईको प्रतिक्रिया