प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
ओखलढुंगा – स्थानीय प्रशासनले ओखलढुंगाका औषधि पसलहरुमा अनुगमन गरेर म्याद गुज्रिएका औषधि बरामद गरेको छ ।
ओखलढुंगाका सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडेलको नेतृत्वमा चिकित्सकसहितको अनुगमन टोलीले गरेको अनुगमनमा दुईवटा मेडिकलमा म्याद गुज्रेका औषधि फेला परेका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ११, रमाइलोडाँडामा सञ्चालित विणा औषधि पसल र कोचइ फार्मेसीमा म्याद गुज्रेका औषधि बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी रविन्द्र पौडलले जानकारी दिनुभयो ।
बरामद गरिएका औषधि नष्ट गरिएको छ । शुक्रबार गरेको अनुगमनमा सदरमुकाममा सञ्चालित आधिकांश औषधि पसल मापदण्ड विपरीत भएको पाइएको छ । टोलीले ओखलढुंगाका ९ ओटा औषधि पसलमा अनुगमन गरेको छ ।
औषधि पसलहरुले म्याद गुज्रेका औषधि बेच्ने, प्रमाणपत्र एउटाको राखेर अर्कैले चलाउने, मेडिकलले बेच्न नपाउने औषधि बिक्रीवितरण गर्ने र डाक्टरको सिफारिसबिनै उपचार गर्ने गरेको पाइएको छ ।
अनुगमन टोलीले अनियमित तरिकाले सञ्चालन भएका औषधि पसलहरुलाई लिखित निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ । निर्देशन तत्काल पालन नगरे कानुनी कारबाही थालिने सहायक प्रजिअ पौडेलले बताउनुभयो ।