नियमावली पारित

 असार ८, २०७५ शुक्रबार १९:१५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – संघीय संसदका दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि बनेको नियमावली संघीय संसदको संयुक्त बैठकबाट आज पारित भएको छ । 

संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली आज बसेको राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकले पारित गरेको हो । नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोख्रेलले पेश गरेको नियमावलीमा समितिहरुमा समावेशी समानुपातिक प्रनिनिधित्व सुनिश्चित गर्ने व्यवस्था छ । नियमावलि मस्यौदामा सांसदहरु बिमला बिक, दुर्गा पौडेल र प्रेम सुवालले संशोधन प्रस्ताव दर्ता गराउनुभएको थियो । 

मस्यौदा समितिका सभापति पोख्रेलले समितिहरुमा महिला दलित जनजाति सबैको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गर्ने प्रावधान राख्न स्वीकार गरेपछि सांसद बिकले संशोधन प्रस्ताव फिर्ता लिनुभयो । सांसद दुर्गा पौडेल र प्रेम सुवालको संशोधन अस्वीकृत भएका थिए । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया