मंगलबार सबै विदेशी मुद्राको भाउ बढ्यो

 फागुन ७, २०७५ मंगलबार १०:५७:१५ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबारको तुलनामा आज मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ केही पैसा बढेको छ ।  

नेपाल राष्ट्र बैंकले मंगलबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४५ पैसा तोकेको छ । हिजो खरिददर ११३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११४ रुपैयाँ २६ पैसा थियो ।

 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३६ पैसा र बिक्रीदर ३० रुपैयाँ ५२ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा रहेको थियो । 

मंगलबार कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४३ पैसा तोकिएको छ । अघिल्लो दिन खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३८ पैसा थियो । 

मंगलबार लागि यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १६ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकिएको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा छ । हिजो खरिददर २७ रुपैयाँ ८२ पैसा र बिक्रीदर २७ रुपैयाँ ९७ पैसा थियो ।

यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ८० पैसा तोकिएको छ । हिजो खरिददर ३७४ रुपैयाँ २५ पैसा र बिक्रीदर ३७६ रुपैयाँ २३ पैसा तोकिएको थियो ।

मंगलबार बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ५९ पैसा छ । सोमबार खरिददर ३०१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३०४ रुपैयाँ ०४ पैसा रहेको थियो । 

यसैगरी कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा तोकिएको छ । हिजो खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा थियो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया