चीनले निर्माण गर्‍याे दुनियाकै पहिलाे एआई महिला समाचार वाचक

 फागुन १०, २०७५ शुक्रबार २०:३:१३ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनले दुनियाकै पहिलो महिला एआई (आर्टिफिसियल इन्टेलीजेन्ट) न्युज एंकर (समाचार वाचक)को निर्माण गरेको छ । अब मान्छेको सट्टा एआईको माध्यमबाट चल्ने यिनै भर्चुअल न्युज एंकरले टिभीमा समाचार पढ्नेछिन् । यिनलाई शिन शाओमेंग नाम दिइएको छ । 

चीनको समाचार एजेन्सी शिन्हुआले बताएअनुसार एआईबाट चल्ने पत्रकारमाथि धेरै प्रयोगपछि मात्र उनलाई टीभी स्क्रीनमा ल्याउन लागिएको हो । बेइजिङकाे सोगोउ इंकसँग मिलेर शिन शाओमेंगको निर्माण गरिएको हो ।

समाचार एजेन्सीले एआई एंकरले मान्छेभन्दा धेरै राम्रो गर्नसक्ने बताएको छ । यस्तै एआईले घण्टौसम्म नरोकिएरै समाचार वाचन गर्नसक्ने र यसले समाचार उत्पादनको लागतमा पनि कमी आउने बताइएको छ ।

शिन शाओमेंग नामको यो भर्चुअल एंकर र यसको हाउभाउ मान्छेको जस्तै छ । यसले २४ घण्टासम्म लगातार समाचार पढ्न सक्ने र प्रोफेशनल न्युज एंकरले झैं समाचार वाचन गर्ने शिन्हुवाको दावी छ ।

अघिल्लो वर्षको नोभेम्बर मा चीनको वुज्हेनमा आयोजित एक 'टेक एक्सपो'मा दुई पुरुष एआई न्युज एंकरबाट नै समाचार वाचनमा एआईको प्रयोग सुरु भएको थियो । यिनीहरु मध्ये एउटाले चिनीयाँ भाषामा र अर्कोले अंग्रेजी भाषामा समाचार वाचन गरेको थियो ।

अंग्रेजी एआई एंकरले आफ्नो कार्यक्रमको सुरुवातमा बोल्दै भनेको थियो, ‘हेलो यु आर वाचिङ इङिलस न्युज प्रोग्राम एण्ड आई एम एआई न्युज एंकर’, अर्थात तपाई अंग्रेजी समाचार कार्यक्रम हेरिरहनुभएको छ र म हूँ एआई न्युज एंकर ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया