जनावरलार्इ पासाे थापेकाे गोली लागेर दुईजना घाइते

 असार ९, २०७५ शनिबार १५:९:३९ | हेमराज शर्मा

दाङ – जंगली जनावरलार्इ पासाे थापेकाे गोली लागेर दुईजना घाइते भएका छन् ।

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने दंगिशरण गाउँपालिका–१, मा रहेको कनरिया सामुदायिक वनमा राखिएको बन्दुकको गाली लागेर फुर्केसल्लीका २० वर्षका कृष्णकुमार घर्ती र २५ वर्षका भीम घर्ती घाइते भएको इप्रका तुलसीपुरले जनाएको छ ।

इप्रका तुलसीपुरका डीएसपी प्रकाश सापकोटाका अनुसार शुक्रबार बेलुकी हराएका गोरु खोज्न गएका बेला बन्दुकको एम्बुस पड्किँदा दुवै जनाको खुट्टामा गोली लागेको छ ।

घाइते मध्ये भीमको खुट्टामा गम्भीर चोट लागेको छ । उनीहरूलाई राप्ती अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज रेफर गरिएको छ ।

प्रहरीले घटनास्थलबाट एकथान भरूवा बन्दुक र गुलेली बरामद गरेको छ । बन्दुकको एम्बुस थापेको आरोपमा प्रहरीले दंगिशरण १ बाँकीबेटारपुरका बिजुली डाँगीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका डाँगीले एम्बुस थापेको स्विकार्दै बन्दुक फुर्केसल्लीका चन्द्रबहादुर खत्रीको भएको बयान दिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया