दुर्घटना न्यूनीकरण गर्न ४८ हजार चालक र सहचालकलाई प्रशिक्षण दिइने

 फागुन १२, २०७५ आइतबार २०:५६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल यातायात स्वतन्त्र मजदूर सङ्गठनले सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ४८ हजार चालक तथा सहचालकलाई प्रशिक्षण दिने भएको छ ।

सडकमा बढ्दै गएको दुर्घटना न्यूनीकरण गर्न अभियान सञ्चालन गर्न लागिएको संगठनका अध्यक्ष भीमज्वाला राईले जानकारी दिनुभयो । दुर्घटना कम गर्न भन्दै सातै प्रदेशमा रहेका गाडी चालक र सहचालकलाई सडक अनुशासन र ट्राफिक नियमबारे जानकारी गराउन लागिएको उहाँले बताउनुभयो ।

सङ्गठनले हरेक महिना एकपटकमा कम्तीमा २० जना चालक तथा सहचालकलाई ट्राफिक प्रहरीमार्फत प्रशिक्षण गराउने छ । यस्तै सङ्गठनले ‘म जिम्मेवार यातायात मजदूर’ भन्ने स्टिकर बनाएर सबै सार्वजनिक गाडीमा टाँस्ने भएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया