कुवेत हिँडेका पाँच महिलालाई विमानस्थलबाट फर्काइयो

 असार ९, २०७५ शनिबार १७:२४:२५ | रासस
unn.prixa.net

काठमाडौं – कामका लागि कुवेत जान लागेका पाँच नेपाली महिला कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज फर्काइएको छ । 

कामदारको प्रवेशाज्ञा र श्रम स्वीकृति फरक परेकाले फिर्ता पठाइएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी उद्धव रिजालले जानकारी दिनुभयो । विदेश पुगिसकेपछि उद्धार गरिहाल्नुपर्ने स्थिति देखिएकाले फिर्ता गरिएको रिजालले बताउनुभयो । 

वैभव मेनपावर कम्पनीले उनीहरुलाई ‘रिसेप्सनिष्ट’ मा पठाउन खोजे पनि प्रवेशाज्ञामा भने क्लिनर्सका लागि श्रम स्वीकृति दिइएको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया