ट्वीटर सञ्चालक समितिबाट इभान विलियम्सले दिए राजीनामा

 फागुन १३, २०७५ सोमबार ८:१९:४० | रासस
unn.prixa.net

बहुचर्चित सामाजिक सञ्जाल ट्वीटरका सहसंस्थापक तथा पूर्व कार्यकारी अधिकृत इभान विलियम्सले ट्वीटरको सञ्चालक समितिबाट राजीनामा दिएका छन् ।

उनले आफू ‘अन्य काममा’ व्यस्त हुनुपरेको कारण देखाउँदै पदबाट राजीनामा दिएको बताएका छन् । ‘अमेरिकी सेकुरिटी एण्ड एक्चेन्ज कमिसन’मा रहेको फाइल अनुसार उनको राजीनामा फेब्रुअरीको अन्त्यपछि कार्यान्वयनमा आउनेछ । 

उनले राजीनामाबारे प्रष्ट पार्दे लेखेका छन्, “मेरा लागि १३ वर्षको समय असाधारण रह्यो । म ट्वीटर कम्पनीसँग रहँदाको अवस्थामा कम्पनीले गरेको प्रगतिप्रति गर्व गर्न चाहन्छु साथै मैले अन्य काममा समय दिनु परेकोले यसबाट छुट्टिएको छु ।” 

उनी अहिले ब्लगिङ प्लेटफर्म मिडियमका कार्यकारी अधिकृतसमेत रहेका छन् । विलियम्सले सन् २००८ देखि २०१० सम्म ट्वीटरको प्रमुख कार्यकारी अधिकृत रहेर भूमिका निर्वाह गरेका थिए । 

विलियम्सले सन् २०११ मा ट्वीटर छोडेको भए पनि अहिलेसम्म कार्यसमितिका सदस्यका हैसियतमा रहेका थिए । सन् २०१७ मा उनले कम्पनीमा रहेको आफ्नो ३० प्रतिशत शेयर बिक्री गरिसकेका छन् । 
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया