जर्मनी भर्सेस स्विडेन: प्रभाव पार्नसक्ने खेलाडी

 असार ९, २०७५ शनिबार १९:४१:२१ | उज्यालो सहकर्मी

विश्वकप फुटबलको आफ्नो पहिलो खेलमा पराजित जर्मनी र दक्षिण काेरियालार्इ हराउँदै ३ अ‍ंक जाेड्न सफल स्विडेन शनिबार मध्यराति एक अापसमा भिड्दैछन् ।

समूह चरणबाटै बाहिरिने जोखिम अन्त्य गर्न पनि जर्मनीलाई आज जित्नैपर्ने दबाब छ । पहिलाे खेलमा जित हासिल गरेकाे  स्वीडेन मनाेबल पनि उच्च छ ।खेल सोचीमा रहेको फिष्ट रंगशालामा नेपाली समय अनुसार मध्यराति पौने १२ बजेपछि शुरु हनेछ । 

दुवै टाेलीमा प्रभाव पार्नसक्ने खेलाडीहरु छन् :

मार्को रोइस– जर्मनी

मेक्सिकोसंगको खेलमा प्रशिक्षक योआखिम लुवले मार्को रोइसलाई बेन्चमा राखेपछि धेरै जर्मन समर्थक आश्चर्यचकित भएका थिए । लिरोई सानेलाई विश्वकपमा छनोट नगरेको अवस्थामा रोइसलाई पनि बेन्चमा राख्दा जर्मनीले खासै आक्रमण गर्न नसक्ने आकलन मैदानमा केही हदसम्म सही देखिएको थियो । 


जर्मनीलाई लयमा ल्याउन रोइसको उपस्थिति महत्वपूर्ण रहनेछ । घाइते भएका  कारण सन् २०१४ को विश्वकप र २०१६ को युरोकप गुमाएका रोइस अहिले फिट छन् । 
मैदान फर्किएपछि रोइसले चार खेलमा चार गोल गरेका थिए । जर्मनीका लागि ३२ खेलमा ९ गोल गरेका रोइसले जर्मनीको उद्धार गर्न सक्ने आँकलन विश्लेषकहरुले गरेका छन् । 

 अन्द्रे ग्रान्क्भिस्ट– स्वीडेन

दक्षिण कोरियाविरुद्धको खेलमा म्याच अफ द म्याच बनेका ग्रान्क्भिस्ट स्वीडेनका कप्तान हुन् ।


३३ वर्षीय भेट्रान डिफेन्डर गोल गर्न पनि सक्षम  छन् । उनले देशका लागि ७३ खेलमा ७ गोल गरेका छन् । जर्मनीलाई रोक्नका लागि उनको प्रदर्शन महत्वपूर्ण रहनेछ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया