भारतीय वायुसेनाको लडाकु विमान जम्मू–कश्मीरमा दुर्घटना, दुईजना पाइलटको मृत्यु

 फागुन १५, २०७५ बुधबार १२:०:४८
unn.prixa.net

जम्मू–कश्मीरको बडगाममा भारतीय एयरफोर्सको लडाकु विमान दुर्घटनामा परेको छ । एयरफोर्सको मिग–२७ लडाकु विमान दुर्घटना हुँदा विमानका २ जना पाइलटको ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएको छ । 

श्रीनगर एयरबेसबाट उडान भरेको विमान जम्मू कश्मीरको बडगामदेखि सात किलोमिटर टाढा गारेंद गाउँमा दुर्घटना भएको हो । विमान खाली खेतमा गएर खस्दा आगलागी हुन पुगेको बताइएको छ । जम्मू कश्मीरमा गस्तीमा रहेको सेनाको विमान दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाको कारण खुल्न नसकेको र छानविन भइरहेको जनाइएको छ । 

अन्तिम अपडेट: चैत २७, २०८०

1 Comments

  • jagu

    Feb. 27, 2019, 1:04 p.m.

    पाकिस्तान ले हान्यो होला पक्का। आतंककारी निकै छन

  •  0 Reply

तपाईको प्रतिक्रिया