प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
अर्घाखाँची – सन्धिखर्क नगरपालिका वडा नम्बर २ मा रहेको सूर्योदय महिला विकास बचत तथा ऋण सहकारी सस्थाको आयोजना र सन्धिखर्क नगरपालिकाको सहयोगमा मेसिनद्वारा दुना टपरी खुट्ने तालिम सुरु भएको छ ।
पाँच दिनसम्म सञ्चालन हुने तालिम र दुना टपरी खुट्ने मेसिनको शुक्रबार एक कार्यक्रमका बीच सन्धिखर्क नगरपालिकाका मेयर कमलप्रसाद भुसालले उद्धाटन गर्नु भएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै नगर प्रमुख भुसालले पलाष्टिकमुक्त मात्र हैन दुनाटपरीबाट महिलाहरुलाइ आत्मनिर्भर बनाउन तथा रोजगारी सिर्जना गर्न र वातावरण प्रदूषण कम गर्न दुना टपरी बनाउने तालिमको आयोजना गरिएको बताउनु भयो ।
दुना टपरी बनाउने तालिमको सफल महिला उद्यमी रुक्मीण पराजुलीले सहजीकरण गर्नु भएको छ ।