रोकेर राखेको गाडी एक्कासि गुडेपछि हिँडिरहेकी महिला घाइते

 फागुन १८, २०७५ शनिबार १२:२१:१० | केशवप्रसाद भट्टराई
unn.prixa.net

ताप्लेजुङ – जिल्ला सदरमुकाम ताप्लेजुङको व्यस्त बजार तोक्मेमा शनिबार स्टार्ट गरी राेकिराखेको गाडी आफै गुडेर बाटाेमा जाँदा एक जना महिला  घाइते हुनुभएकाे छ । 

शनिबार हाटबजार लाग्ने र सधैँ व्यस्त हुने ताक्मेक्षेत्रको बजारमा मे १ ज ३२०७ नम्बरको बोलेरो चालकले बन्द नगरिकन छोडेर हिडेका थिए । रोकेर राखेको ठाउँबाट बोलेरो आफै कुदेर जाँदा सडकमा हिडिरहेकी महिलालाई ठक्कर दिएको हाे ।

ठक्करबाट मेरिङदेन गाउँपालिका २ सान्थाक्रा निवासी ४२ वर्षीया टंकमाया लिम्बू घाइते भएको प्रहरी प्रमुख डीएसपी सञ्जयसिंह थापाले बताउनुभयो । उहाँको उपचार जिल्ला अस्तालमा नभएपछि धरानको बीपी कोइराला विज्ञान प्रतिष्ठानमा रेफर गरिएको छ ।

लापारबाही गर्ने चालक दिपेश लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ थापाले बताउनुभयाे ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

केशवप्रसाद भट्टराई

केशवप्रसाद भट्टराई ताप्लेजुङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया