१६ वर्षपछि लालपुर्जा पाउँदा अडगुरीका बासिन्दामा हर्षाेल्लास

आफैले जलाएका पुर्जा आफै वितरण गर्दै रायमाझी

 फागुन २३, २०७५ बिहिबार १८:८:५६ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – १६ वर्षपछि लालपुर्जा पाँउदा अर्घाखाँचीको पाणिनी गाउँपालिका वार्ड नं. ७ अडगुरीका स्थानीयहरु हर्षित भएका छन् । 

सशस्त्र द्धन्द्धको समयमा २०५९ सालमा सदरमुकाममा आक्रमण हँुदा जलेर लालपुर्जा नष्ट भएपछि जिल्ला नै नक्साविहीन बनेको थियो । 

देश शान्ति प्रकृयामा गइसकेपछि विशेष नापी कार्यालयको टोलीले पुन नापी गरी जग्गाधनी पुर्जा वितरण गर्न सुरु गरेको हो । लालपुर्जा पाउँदा स्थानीय अत्यन्तै खुशी देखिन्थे ।  

विशेष नापी कार्यालय अर्घाखाँचीले पाणिनी गाउँपालिकाको वार्ड नंं ७ अडगुरीमा एक हजार एक सय ७० जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण गर्न सुरु गरेको छ । 
अडगुरीका भञ्ज्याङमा लालपुर्जा वितरण गर्दै पूर्व उपप्रधान मन्त्री तथा नेकपाका नेता टोपबहादुर रायमाझीले पहिले आफ्नै नेतृत्वमा जलाएका नक्सा फेरि आफैले बाँडन पाउँदा खुशी लागेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘देशमा क्रान्ति गर्न र गणतन्त्रको स्थापनाको लागि लडिएको युद्धमा लालपुर्जा पनि जलेको र अहिले पुन नापी गरेर सबैलाइ बुझाउन पाउँदा खुशी लागेको बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया