मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयाे, अर्का एक जना घाइते

 फागुन २६, २०७५ आइतबार १७:५६:३७ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको देउखुरीमा मोटरसाइकल दुर्घटनामा परेर आइतबार एक जनाको ज्यान गएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-१, नर्तीमा रा ५ प १७९३ नम्बरको मोटरसाइकल हाते ट्याक्टरसँग ठोकिँदा मोटरसाइकल चालक लमही-२ का २० वर्षीय सुशील चौधरीको ज्यान गएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारको क्रममा ज्यान गएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक बुद्धिराम चौधरी र मोटरसाइकलको पछाडि बसेका राप्ती गाउँपालिका-६ का अमिस चौधरी घाइते भएका छन् । दुवै घाइतेकाे अहिले बुटवलमा उपचार भैरहेको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया