राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन शुरु
बैशाख ८, २०८१ शनिबार
कैलाली – सरकार र सीके राउतबीच भएको सहमतिको विरोधमा धनगढीमा विभिन्न विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन गरेका छन् ।
सीके राउत समूहसँग सरकारले गरेको ११ बुँदे सम्झौताको विरोधमा मंगलबार कैलाली बहुमुखी क्याम्पसका विद्यार्थी नाराबाजी गदै विरोध गरेका हुन् । देश टुक्राउने आशय दिने शब्दहरु प्रयोग गरेर सम्झौतामा हस्ताक्षर गरिएकोले विरोध गरेको उनीहरुले बताएका छन् । उनीहरुले सहमतिमा रहेका विवादास्पद बुँदा सच्याउन माग गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र गठबन्धनका संयोजक सीके राउतबीच गएको शुक्रबार राजनीतिक विषयमा ११ बुँदे सहमति भएको थियो ।
त्यस सहमतिमा राउतले नेतृत्व गरेको गठबन्धनले नेपालको संविधान मानी राजनीतिको मूल प्रवाहमा समाहित हुने र छुट्टै मधेस राज्य अभियानबाट अलग भई अखण्ड नेपाल स्वीकार गर्ने उल्लेख गरिएको छ ।