बुधबारका लागि रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको विनिमय दर

 फागुन २९, २०७५ बुधबार १०:४०:१२ | उज्यालो सहकर्मी

काठमाण्डौ –  नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको छ । 

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा छ । आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा तोकिएको छ ।  यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४५ पैसा छ 

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २४ पैसा र बिक्रीदर २७ रुपैयाँ ३८ पैसा छ । यस्तै आज बुधबार कुवेती दिनार १ को खरिददर ३६५ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ७४ पैसा तोकिएको छ । 

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ०४ पैसा र बिक्रीदर २९६ रुपैयाँ ६३ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया