ब्रेकिङ : हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मकालु एयरको विमान

चालक दुुवैकाे ज्यान गयाे

 जेठ २, २०७५ बुधबार १२:५४:१३ | मुना हमाल
unn.prixa.net

makalu air

सुर्खेत, जेठ २ – मकालु एयरको विमान हुम्लामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ ।

विमान हुम्लाको खार्पुनाथ गाउँपालिका २ बाहुन खर्कमा तीन टुक्रा भएको अवस्थामा भेटिएको सुर्खेतका प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदीले उज्यालोलाई जानकारी दिनुभयो । दुर्घटनास्थलमा एक जनाको शव पनि भेटिएको उहाँले जानकारी दिनुभयो ।

नाइन एन ए जे यु कलसाइन रहेको विमानमा चालक किरण भट्टराई, सहचालक आदित्य नेपालीले उडाएको सुर्खेत विमानस्थल कार्यालयले जनाएको छ । विमान ११ सय ७० किलो सामान लिएर सुर्खेतबाट सिमिकोटका लागि उडेको थियो । विमान यसअघि बाजुरामा भेटिएको अपुष्ट खबर आएको थियो ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया