म्यानचेस्टर सिटीसँग लज्जास्पद हार ब्यहोरेपछि साल्केका प्रशिक्षक बर्खास्त

 चैत १, २०७५ शुक्रबार ८:२६:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग सात शून्यको लज्जास्पद हार ब्यहोरेपछि साल्केले प्रशिक्षक डोमीनीको टेडेस्कोलाई बर्खास्त गरेको छ । 

च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा नसोचेको हारे ब्यहोरेको २४ घण्टा बित्न नपाउँदै क्लबले प्रशिक्षकलाई हटाएको हो । उनको स्थानमा पूर्व प्रशिक्षक तथा खेलाडी हुब स्टेभान्सले जिम्मेवारी सम्हाल्नेछन् । 

बुन्डेस लिगामा लेइपजिङविरुद्ध खेलबाट उनी औपचारिक रुपमा मैदानमा देखिनेछन् । प्रशिक्षक डोमीनीकोको प्रशिक्षणमा साल्केले पछिल्ला ५ खेलमा लगातार हार ब्यहोर्दै आएको छ । जसमा टिम जर्मन लिगमा रेलिगेसन जोनभन्दा तीन अंकले मात्र माथि रहेको छ । 

३३ वर्षे टेडेस्को सन् २०१७ को जुलाईमा क्लवको प्रशिक्षक बनेको थिए । जसमा उनको प्रशिक्षणमा क्लवले ७५ खेल खेलेको थियो । उनले त्यसअघि सोहि क्लबको यू–१९ टिम पनि हेरेका थिए ।
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया