न्युजिल्याण्डको मस्जिदमा भएको आतंककारी हमलाको नेपाल सरकारद्वारा भर्त्सना

 चैत १, २०७५ शुक्रबार १६:२०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल सरकारले न्युजिल्याण्डको क्राइष्टचर्चको मस्जिदमा भएको आतंककारी हमलाको भर्त्सना गरेको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै ४९ जनाको ज्यान जाने गरी भएको हमलालाई आतंकवादको औचित्यहीन गतिविधिको संज्ञा दिएको छ ।

विज्ञप्तिमा भनिएकाे छ, ‘दर्जनाैँ मारिने गरी न्युजिल्याण्डको क्राइष्टचर्चमा रहेका मस्जिदहरुमा भएकाे गाेलीकाण्डबाट हामी स्तब्ध भएका छाैँ । नेपाल सरकार याे आतंकवादको औचित्यहीन गतिविधिकाे घाेर भर्त्सना गर्दछ ।’

विज्ञप्तिमा न्युजिल्याण्डका जनता, सरकार तथा पीडितका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरुकाे शीघ्र स्वास्थ्यलाभकाे कामना पनि गरिएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया