आगलागीमा परेर एकजनाको मृत्यु

 चैत ३, २०७५ आइतबार ११:५७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – भिमेश्वर नगरपालिका वडा नम्बर ४ सार्केश्वाँराको एक टहरोमा आगलागी हुँदा एक पुरुषको ज्यान गएको छ ।

शनिबार राति जस्ताले बनेको अस्थायी टहरोमा आगलागी हुँदा ५७ वर्षीय खड्ग प्रसाद चौलागाईको ज्यान गएको दोलखाका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता प्रदिप महतले जानकारी दिनुभयो । 

एक्लै बस्दै आएका चौलागाईंको टहरा भित्र सुतेकै अवस्थामा जलेर ज्यान गएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया