खुद्रा विक्रेतालक्षित एनसेलको ‘सुपर सेलर’ योजना

 चैत ४, २०७५ सोमबार १३:५०:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – एनसेलले देशभरि रहेका आफ्ना खुद्रा विक्रेताहरुलाई लक्षित गरी ‘एनसेल सुपर सेलर’योजना ल्याएको छ । यस योजनाअन्तर्गत खुद्रा विक्रेताले बम्पर उपहारस्वरुप कार, युरोप भ्रमण र आईफोन एक्सजस्ता आकर्षक उपहारहरु जित्न सक्छन् ।
 
यो योजना चैत्र १ गतेबाट लागू भएको छ र १० महिनासम्म सञ्चालनमा रहनेछ । यस योजनामा सामेल हुनका लागि खुद्रा विक्रेताले एनसेलको रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी (भर्चुअल फण्ड ट्रान्सफर) खरिद तथा बिक्रीको कारोबार गरी आफ्नो प्रत्येक कारोबारका  आधारमा अंक जम्मा गर्दै गई निश्चित अंक संकलन गर्नु पर्दछ । 

यस योजना अन्तर्गत खुद्रा विक्रेताहरुले प्लाटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज गरी चार प्रकारका समूहमध्ये कुनै एक समूहमा आफूलाई सहभागी गराई उपहार पाउन सक्छन् । बम्पर उपहारबाहेक खुद्रा विक्रेताहरुले निश्चित अंक संकलन गरेपछि बाइक, स्कुटर, ५५ इन्चको स्मार्ट टिभी, एअर कन्डिसनर, आईप्याड, इलेक्ट्रिक ट्रेडमिल, वाशिङ्ग मेसिन र ल्यापटपलगायतका विभिन्न उपहारहरु जित्न सक्नेछन् । 

‘एनसेल सुपर सेलर’ योजना लागु भएको ६ महिनापश्चात खुद्रा विक्रेताहरुले आफूले संकलन गरेका आवश्यक अंकका आधारमा उपहार दाबी गर्न सक्नेछन् । यस योजनामा सहभागिता जनाउनका लागि खुद्रा विक्रेताहरुले रिचार्ज कार्ड, सिम कार्ड वा भीएफटी एनसेलको सेल्स एण्ड डिष्ट्रिब्युसन एपबाट खरिद गरेको हुनुपर्नेछ ।

यस योजनाको चार समूहअन्तर्गत खुद्रा विक्रेताहरुले ३,७०० भन्दा बढी उपहारहरु जित्नेछन् । साथै योजनामा सहभागीमध्ये उत्कृष्ट १०,००० खुद्रा विक्रेताहरुलाई पनि एनसेल गिफ्ट ह्याम्पर प्रदान गरिने कम्पनीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया