डडेल्धुरा माइक्रो बस दुर्घटना : एक जनाको ज्यान गयो, १० घाइते

 चैत ४, २०७५ सोमबार १४:१२:४ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीबाट कैलालीतर्फ जाँदै गरेको बा २ ख १६६५ नम्बरको सुदूरपश्चिम यातयातको माइक्रो बस डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर २ मा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

दुर्घटनामा परि १० जना घाइते भएका छन् । ज्यान जानेमा डोटीको सायल गाउँपालिका ६ बस्ने वर्ष २६ को गणेश साउद रहेको प्रहरीले जनाएको छ । मृतक साउद नेपाल प्रहरी जवान भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक लक्ष्मण खड्काले दिनुभएको जानकारीअनुसार घाइते हुनेहरुमा डोटीको दिपायल सिलगढी नगरपालिका ८ खातीवडा बस्ने वर्ष ५७ का कैला ढोली, ३७ वर्षीया लक्ष्मी दमाई, शिखर नगरपालिका–११ बस्ने ४४ वर्षीय जर दमाई र उनकी श्रीमती ४३ वर्षीया विष्ना दमाई, डडेल्धुरा गन्यापधुरा गाउँपालिका ५ बस्ने वर्ष ४० का राजु दमाई, कैलाली जानकी गाउँपालिका–२, बस्ने वर्ष ५२ का वीरबहादुर रोक्का मगर, कैलाली टिकापुर नगरपालिका–१३ बस्ने वर्ष ३५ की दिपा जोशी तथा धनगढी उपमहानगरपालिका ३ बस्ने वर्ष २० की निशा चन्द रहेका छन् । अन्य दुई जनालाई भने सामान्य चोटपटक मात्रै लागेकाले उनीहरु घर फर्किसकेका छन् ।

दिपा र निशालाई थप उपचारका लागि दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा ल्याइएको छ भने अन्यको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया